मधेस त अहिले पनि नेपालको एउटा उपनिवेशमात्रै रहेछ : महन्थ ठाकुर

मधेस त अहिले पनि नेपालको एउटा उपनिवेशमात्रै रहेछ : महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस अहिले पनि नेपालको आन्तरिक उपनिवेश रहेको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै मंगलबार उनले राज्यले मधेसको आवाज नसुनेको बताए।

मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूविरुद्ध आजीवनको सजाय सुनाइएपछि अध्यक्ष ठाकुरले राज्य र अदालतको चरित्र एउटै भएको बताए। उनले मधेस आन्दोलनमा भएको घटनाका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई गुहार्दा उनीहरूले राज्यले नै मधेसीलाई अपराधीकरण गरेकोजवाफ दिएको बताए। त्यतिबेलामात्र आफूले मधेस नेपालको अपनिवेशमात्र भएको र मधेसी जनताको आवाज नसुनिने गरेको चाल भएको बताए।

ठाकुरको मन्तव्य यस्तो छ: 

मधेसी आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई आजीवन कैदको सजाय सुनाएको छ। नेपालको इतिहास 'पीसफुल' कहिल्यै पनि भएन। नेपालमा हत्या, मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको इतिहास छ। आजभोलि भइरहेको घटना कुनै नौलो होइन। त्यो राज्यको चरित्र हो। अदालतको पनि त्यही चरित्र हुन्छ, जुन राज्यको चरित्र हुन्छ। किनकि राज्यको अंग हो अदालत। राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुन्न। अदालतको फैसलामा पनि त्यही देखिन्छ। 

पुराना पार्टीहरू सबै हतियार उठाएरै आएका छन्। माओवादीले जनयुद्ध गरेरै आउनुभएको छ। तर, कसैमाथि मुद्दा भएको बताउन सक्नुहुन्छ? छैन। अनि मधेसीमाथि नै किन?

केपी ओली प्रधानमन्त्री भएको बेल मैले यो कुरा उठाएको थिएँ। त्यसबेला स-साना घटना र १० लाखभन्दा कम जरिवाना भएकाको मुद्दा सरकारले फिर्ता लियो। महोत्तरीका ९३ जना रिहा पनि हुनुभयो। त्यसबेला दुई मुद्दालाई गम्भीर प्रकृतिको भन्दै फिर्ता लिइएन। एउटा त्यही महोत्तरी घटना र अर्को टीकापुर घटना। त्यो दुवै कारबाहीको अवस्थामा छ। सजाय पनि भएको छ।

त्यतिबेला लाल आयोग गठन भएको थियो। किनकि आन्दोलनमा अत्याचार भएको थियो। बच्चा मारिएका थिए। घरमा घुसेर महिलामाथि हातपात भएको थियो। खाना पकाइरहेका महिलालाई गोली हानेर मारिएको थियो। यस विषयमा हामीले अन्तर्राष्ट्रिय जगतलाई पनि ध्यानाकर्षण जनाएका थियौं। तर, अन्तर्राष्ट्रिय निकायले त राज्यले मधेसीहरूलाई अपराधीकरण गरेको भनेर जवाफ दियो। उनीहरूले आफूहरूलाई भन्नुभन्दा राज्यलाई भन्नुस् भने। त्यतिबेला थाहा पाएँ, मधेस त अहिले पनि नेपाल राज्यको एउटा उपनिवेशमात्रै रहेछ। आन्तरिक उपनिवेश। जसको आफ्नो बोली हुँदैन, भाषा हुँदैन, व्यक्तित्व हुँदैन। मास्टर इज मास्टर भ्वाइस भनिन्छ नि, मास्टरको बोलीमात्र सुनिन्छ। जनताको बोली सुनिँदैन। अहिले हामीलाई त्यस्तै भएको छ। 

मैले पटक-पटक आग्रह गर्दै आएको छु। जुन व्यक्तिलाई सजाय दिइएको छ। ती हाम्रो पार्टीका नेताहरू हुन्। अभिराम अहिले पनि मधेस प्रदेश सांसद र दलका नेता हुन्। रामशंकर जलेश्वर नगरपालिकाका पूर्व मेयर हुन्। सुरेश अदालतको अध्यक्ष पदमा काम गरेका व्यक्ति हुन्। धर्मेन्द्र एक नेता हुन्। यस खालका व्यक्ति कसैको हत्या गर्नसक्छ? जुनियर पुलिस अफिसर घाइते भएर गाउँले घेरेर के के गरेका छन्। जलेश्वरमा पनि मृत्यु भएको छैन। तर, हाम्रा नेताहरूलाई आजीवन सजाय सुनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.