पानी नपरेपछि प्यूठानमा पूजाआजा

पानी नपरेपछि प्यूठानमा पूजाआजा

बुटवल : लामो समयसम्म पानी नपरेपछि प्यूठान नगरपालिका-१ दाखाक्वाडीका स्थानीयले मंगलवार पूजाआजा गरेका छन्। गाउँकै कन्याकुमारी मन्दिरमा पूजा गरी कालोपाठी, कालो भालेको वली दिइएको स्थानीय सुरेश योगीले जानकारी दिए। मन्दिरमा परेवा समेत उडाइएको छ। 

मन्दिरमा पूजा गरिसकेपछि मन्दिरदेखि करिब सात किलोमिटर टाढा रहेको भीरपानी जंगलको पोखरीमा कालो सुँगुरको बली दिइएको उनले जानकारी दिए। पोखरी वरिपरि सुँगुरको मासु खाने र फोहोर बनाएपछि सफा गर्नका लागि आकाशबाट पानी आउने किंवदन्ती रहेको योगीले बताए। ‘वर्षको एकदिन खडेरीमा पानी परोस् भन्नका लागि यसैगरी पूजाआजा गर्ने गर्छौ’,योगीले भने,‘२०२१ सालदेखि पूजा हुँदै आएको छ।’ 

सडकको चोकचोकमा स्थानीय बाजागाजा सहित हातमा घाँस पानी बोकेर पानी देउ महादेव भन्दै हिड्ने गर्छन्। आस्थावान नागरिकहरुले उनीहरुलाई गाग्रीबाट पानी खनाएर नुहाउने गर्छन्। अन्तिममा झिमरुक नदीमा पुगेर सेलाउने गरिएको योगीले बताए। 

२०२५ सालमा तल्लो क्वाडीको घना बस्तीमा आगलागी भएको र कन्याकुमारी मन्दिरमा पूजा गरेपछि आकाशबाट परेको पानीले आगो नियन्त्रणमा आएको स्थानीय बुढापाकाहरु सुनाउँछन्। त्यसैको विश्वासमा २०२१ सालदेखि यहाँका स्थानीयले बर्सेनि पानीकै लागि पूजाआजा गर्दै आएका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.