छिमेकीको सेफ्टीट्यांकीमा डुबेर नाबालकको मृत्यु

छिमेकीको सेफ्टीट्यांकीमा डुबेर नाबालकको मृत्यु

विराटनगर : छिमेकीको निर्माणाधीन शौचालयको सेफ्टीट्यांकीभित्र डुबेर विराटनगरमा मंगलबार एक नाबालकको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका-५ का अनिल पासवानका अढाई वर्षीय छोरा नितेश पासवानको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार नाबालक खेल्ने क्रममा लडेर दिउँसो ४:२० बजेतिर छिमेकी अमन खानले बनाउँदै गरेको शौचालयको सेफ्टी ट्यांकीको हजमा खसेको खुलेको छ। 

हजभित्र डुबिरहेको अवस्थामा आमाले देखी तत्काल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगेकी थिइन्। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ४:५० बजेतिर मृत घोषित गरिदिएको डीएसपी बस्नेतले बताए। उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.