आइसरलाई स्ट्रोङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस अवार्ड प्रदान

आइसरलाई स्ट्रोङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस अवार्ड प्रदान

काठमाडौं : आइसर ब्रान्डका कमर्सियल गाडीहरूको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकल नेपालले ‘स्ट्रोङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस २०२३–२०२४’ अवार्ड जित्न सफल भएको छ। कम्पनीले थाइल्याण्डमा  आयोजित ‘ग्लोबल एन्युअल कन्फरेन्स’ मा उक्त अवार्ड पाउन सफल भएको हो।

बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै कम्पनीले अन्तर्राष्ट्रियस्तरको सफलता चुमेको हो। पहिलो वर्षमा नै आइसर इन्डियाले आइसरको बिक्रीवितरण तथा ग्राहक सेवामा ठूलो र अग्रणी परिवर्तन महसुस गरेको बताइएको छ। कम्पनीले समयसापेक्ष ग्राहकको चाहनाअनुरुप बस, ट्रक, टिपर उपलब्ध गराएको छ।

यसका साथै अन द स्पट सेवा, बिनाझन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुविधा साथसाथै रिटेल फाइनान्सका लागि पनि एमएडब्लू इनभेस्टमेन्ट प्रालि र बतास हायर पर्चेज कम्पनीका साथै विभिन्न ५ वित्तीय संस्थासँग सहकार्य गरेको छ। 

त्यस्तै सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सपोर्टका लागि चारवटा स्थानमा सर्भिस भ्यान सुविधा उपलब्ध छन्। कम्पनीले अनलाइनमार्फत पनि स्पेयर पार्ट्स उपल्बध गराउँदै आएको छ। नेपालभरका विभिन्न स्थानमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरू गरी ग्राहकहरूलाई प्रत्यक्ष रूपमा सेवा विस्तार गरिरहेको छ। 

कर्मचारीहरूलाई विभिन्न ट्रेनिङहरू प्रदान गर्नुका साथै भक्तपुरमा ट्रेनिङ सेन्टर स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा समेत टेवा पुर्‍याउने लक्ष्य कम्पनीको रहेको छ। माइलेजको बादशाह भनेर चिनिने आइसर ग्राहकको पहिलो रोजाइ बनेको कम्पनीको भनाइ छ।

प्रतिकूल अवस्थामा पनि ग्राहकहरूप्रतिको सेवामा निरन्तर इमानदारीका साथ सेवा प्रदान गर्दै आइराखेको कम्पनीका कार्यकारी निर्देशक तथा सीईओ दीपक अग्रवालले बताए। उनले यस सफलताका लागि ग्राहक वर्ग तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरे। 

स्कुल बसमा अग्रणी नं १ को रुपमा रहेको आइसरका बस तथा अन्य व्यावसायिक सवारीसाधनको बिक्रीवितरण गर्दै कम्पनीले बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, ४ डिलर र १६ वटा टच पोइन्टका साथ देशैभर सेवा विस्तार यस कम्पनीले गरेको छ। विगत ४० वर्षदेखि आइसरले नेपालको व्यावसायिक सवारीको क्षेत्रमा व्यावसायिक सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ। 

आइसर विश्वभरका ५० भन्दा बढी देशमा फैलिएको छ। आइसरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.