एमसीए–नेपाल : रातमाटे सबस्टेसन परियोजना सम्झौता

एमसीए–नेपाल : रातमाटे सबस्टेसन परियोजना सम्झौता

नुवाकोट : एमसीए– नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभीए सबस्टेसन निर्माणका लागि सम्झौता गरेको छ। परियोजनाको निर्माण गर्न एमसीएले भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको हो।  

निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एक हुने परियोजनाको दाबी छ। कुल ५. १६ करोड अमेरिकी डलरमा निर्माण गरिने रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनबीच विद्युत् प्रसारणका लागि काम गर्ने जनाइएको छ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी÷एमसीए–नेपालका पदाधिकारीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा हस्ताक्षर गरी आदानप्रदानसमेत गरे। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये हस्ताक्षर गरिएको यो दोस्रो सबस्टेसन निर्माण सम्झौता हो। ‘नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महŒवपूर्ण अंगका रूपमा परिकल्पना गरिएको ४०० केभी रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महŒवपूर्ण उपलब्धि हुनेछ’,  सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने। एमसीए–नेपाललाई बधाई दिँदै घिसिङले भने निर्माण सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोमा खुसी व्यक्त गरे। 

मिलेनियम च्यालेन्ज कर्पोरेसनका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिकोले भने, ‘तीनवटा सबस्टेसनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएकोले यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिने र केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महŒवपूर्ण योगदान पुग्ने कुरामा हामी विश्वस्त छौें। 

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी– नेपालको  विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए–नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको बताए। उनले दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको बताए। 

४०० केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनबाट बिजुली प्रसारण गर्ने क्षमता हुने जनाइएको छ।  नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन उक्त सबस्टेसनमा विभिन्न भोल्टेज स्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिने जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.