प्रहरी जवानको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगियो

प्रहरी जवानको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगियो
मृतक प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लैजाँदै। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन  शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ। २३ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

null

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

null

दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका गोले हाल संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.