प्रतिनिधिसभा बैठक सुरू

प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ।

आजको बैठकमा सांसद पुष्पबहादुर शाहले 'विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद प्रेम सुवालले 'विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्'भनी खर्च कटौतीको प्रस्ताव,डा .अमरेश कुमार सिंहले 'विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्'भनी खर्च कटौतीको प्रस्ताव, ध्रुवबहादुर प्रधानले 'विनियोजन विधेयक, २०८१ अर्न्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.