सांसद सिंहको आक्रोश : शान्तिपूर्ण आन्दोलनमा दमन भयो, सबै कवाड काठमाडौं महानगर र बालेनको घरमा फालौं !

सांसद सिंहको आक्रोश : शान्तिपूर्ण आन्दोलनमा दमन भयो, सबै कवाड काठमाडौं महानगर र बालेनको घरमा फालौं !
तस्बिर : संसद सचिवालय

प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै सिंहले भने, ‘मधेशका मान्छेले साधारण कुनै पनि आन्दोलन गर्दा टाउको फुट्नुपर्ने, यस्तो विभेद किन ?’

काठमाडौं : सांसद डा. अमरेशकुमार सिंहले कवाडी व्यवसायीको शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। 

मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको सिंहको भनाइ छ । उनले  कवाडी व्यवसायीको आन्दोलनमाथिको दमनलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे। ‘काठमाडौँमा हुने आन्दोलनमा अन्य पार्टीको आन्दोलन र मधेशीमाथि विभेद हुने गरेको छ।’ डा. सिंहले भने,‘के कारणले मधेशका मान्छेले साधारण कुनै पनि आन्दोलन गर्दा टाउको फुट्नुपर्ने अनि अरु आन्दोलनमा पानीको फोहोरा हान्ने ? प्रधानमन्त्रीसँग सोध्न चाहन्छु यो विभेद र अन्याय कहिलेसम्म ?’

अदालतबाट आदेश जारी भएपनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश व्यक्त गरे। उनले काठमाडौंमा रण मैदानको रुपमा हेर्न खोजेको हो भन्दै प्रश्न गरे। सडक विभागको कार्यालय अगाडि बालेनले फालेर सिकाए जस्तै सबै कवाडी व्यवसायीले काठमाडौं महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिनसमेत आग्रह गरेका छन्। पपुलारिटीले तानाशाहको जन्म भएको उल्लेख गरे।

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि सभामुखमार्फत रुलिङको समेत माग गरेका छन्। सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।

काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा मंगलबार विरोध प्रदर्शन गरेका थिए। कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतिघरमा विरोध प्रदर्शन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.