संसद्‍मा प्रस्ताव

तराईमा अपराध बढ्नु नेपाल-भारत खुल्ला सीमा, सांसद् पन्त भन्छन् : सीमामा काँडेतार लगाऔं, पासपोर्ट सिस्टममा जाऔं

तराईमा अपराध बढ्नु नेपाल-भारत खुल्ला सीमा, सांसद् पन्त भन्छन् : सीमामा काँडेतार लगाऔं, पासपोर्ट सिस्टममा जाऔं

जहाँ-जहाँ सशस्त्र प्रहरी बल बसेको छ त्यहाँ सीमा सुरक्षित भएको छ र त्यहाँका मान्छेहरुले सुरक्षित फिल गरेका छन्।

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएकाले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले सीमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका हुन् ।

उनले नेपाल-भारतबीच अहिले खुला सिमाना भएकाले अपराध नियन्त्रणका लागि सीमालाई व्यवस्थित गर्नुपर्ने धारणा राखे।

‘केहि दिनदेखि लगातार तराईमा मानिसहरु मारिएका, दिउँसै गोली हालेको समाचार आइरहेका छन्। यसको मूल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा लागू गर्ने चरणमा नजाऔंला। तर,अहिले अचेल राष्ट्रिय परिचय पत्र दिन थालिएको छ र नागरिकता पनि दिन थालिएको छ। उताबाट आउँदा पनि भारतसँग आइडी कार्ड, आधार कार्ड हेर्न सकिन्छ, यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ।’ पन्तले भन‍े,‘विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै, सीमालाई व्यवस्थित गर्दै, यो पासपोर्ट सिस्टममा हामीले जानैपर्छ।’

सीमा व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई साधन र स्रोत, जवानहरु र आवश्यक सुविधा दिनुपर्ने उनको प्रस्ताव छ । ‘यसका लागि सशस्त्र प्रहरी बललाई साधन, स्रोतहरु, जवानहरु र अरु आवश्यक सुविधा दिनुपर्छ। किनभने जहाँ-जहाँ सशस्त्र प्रहरी बल बसेको छ त्यहाँ सीमा सुरक्षित भएको छ र त्यहाँका मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी विशेष रुपले परिचालन गर्नुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.