आर्थिक विकासका लागि सूचना प्रविधि क्षेत्र महत्वपूर्ण छ: अर्थमन्त्री पुन
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्ने बताएका छन्।
बुधबार ललितपुरमा युवा वैज्ञानिक सम्मेलको उद्घाटन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सूचना प्रविधि लगायत नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत अध्ययन अनुसन्धानमा खर्च गर्ने बताएका हुन्।
कृषि, जलविधुत, खानीजन्य र पर्यटनका साथै मुलुकको आर्थिक विकासका लागि सूचना प्रविधि क्षेत्र पनि महत्वपूर्ण रहेका उनको भनाइ छ। उनले यस वर्ष १ खर्ब बराबरको सूचना प्रविधि सेवाको निर्यात गर्ने र लाखौं युवाहरुलाई रोजगार दिने गरि सूचना प्रविधि दशकको घोषणा गरिएको जानकारी दिए।
काठमाडौंलाई आइटी हबको रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको उनको भनाइ छ।