अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आयो

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आयो

सिन्धुली : लेदोसहितको पहिरो खस्दा अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। मध्यपहाडी लोक मार्गको खुर्कोट –घुर्मी खण्ड अन्तर्गत सिन्धुलीको गोलन्जोर- १ कुँडुलेमा पहिरो खस्दा बुधबार बिहानदेखि अवरुद्ध लोकमार्ग दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको हो। 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सडकमा खसेको पहिरो पन्छाएर झण्डै ८ घण्टापछि लोकमार्ग एकतर्फि सञ्चालनमा ल्याएको हो।

लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत गोलन्जोर गाउँपालिका -६ अक्करे भिर, वडा नम्बर ३ को काली आँपडाँडा, फिक्कल गाउँपालिका- २ सुम्नामबेसीमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। 

null

अवरुद्ध भएको तिनै स्थानमा गोलन्जोर गाउँपालिका र यान्त्रिक कार्यालय मूलकोटको सहयोगमा एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। लोकमार्गमा दुबैतर्फ सडक खुलाउन भने अझै केही समय लाग्ने बताइएको छ। लोकमार्ग सञ्चालन गर्न प्रहरी, जनप्रतिनिधि, स्थानीय लगातार खटिरहेका छन्। 

बुधबार बिहानदेखि लोकमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीचबाटोमै अलपत्र परेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.