भारतीय राजदूतावासले फेवा किनारमा मनायो अन्तर्राष्ट्रिय योग दिवस

भारतीय राजदूतावासले फेवा किनारमा मनायो अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाएको छ। दूतावासले बुधबार पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको हो। स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाएको भारतीय राजदूतावासले जनाएको छ।

कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी,विभिन्न स्थानीय योग संस्थाका सदस्य,भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक,पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्यलगायत स्थानीय समुदायको उत्साहजनक सहभागीता थियो।

विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरु प्रस्तुत गरिएको सो कार्यक्रम प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिFदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो । 

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको आयोजना गरेको हो। उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्यालले प्रमुख अतिथिको रुपमा सहभागीता जनाएका थिए। उनले कार्यक्रमको आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिँदै विचारशील र स्वस्थ जीवन जीउन योगका फाइदाहरु खोज्न कार्यक्रममा सहभागीलाई प्रोत्साहित गरेका थिए।

योग प्रशिक्षकहरुले योगका फाइदा र दैनिक जीवनमा विशेष गरी युवाहरूका लागि यसको व्यावहारिक उपयोगिताबारे व्याख्या गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.