नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ४० करोडको सेयर कारोबार

नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब ४० करोडको सेयर कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार  १८.७६ अंकले घटेको नेप्से आज २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा कायम भएको हो। नेप्से घटेसँगै सेयर कारोबार पनि मंगलबारको तुलनामा ओरालो लागेको छ।  यसदिन ३०८ स्क्रिप्सको ७२ लाख  ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड  ३ लाख ७२ हजार ६३२ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार  ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। पहिलो कारोबार दिनआइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।

यसदिन नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको ९.९९ प्रतिशतले सेयर बढ्यो। समाज लघुवित्तीय वित्तको ९.८८ प्रतिशत,कुथेली भुखारी स्माल हाइड्रोपावरको ९.३८ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ८.२८ र सामलिङ पावरको ८ .०८ प्रतिशतले सेयर बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी गोर्खाज फाइनान्सको ९ करोड ,ग्लोबल आइएमईको ८ करोड,सीएचडीसी हाइड्रोपावर र हिमालयन लघुवित्तको ७/७ करोड मूल्य बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३५ स्टकको मूल्य बढ्दा १०४ वटाको घट्यो भने ८ वटा स्टकको मूल्य  स्थिर रह्यो। सातवटा समूहको उपसूचक नकारात्मक देखिदा ६ वटाको सूचक भने सकारात्मक देखिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.