समस्याग्रस्त सहकारीको छानबिनका लागि आवश्यक कानुनबारे समितिमा छलफल

समस्याग्रस्त सहकारीको छानबिनका लागि आवश्यक कानुनबारे समितिमा छलफल

काठमाडौं : सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानबिनका क्रममा आइपर्ने कानुनीलगायत विविध पक्षहरुमा सरोकारवाला निकायसँग छलफल गरेको छ। 

संसद भवन बानेश्वरमा बुधबार बसेको समिति बैठकले कानुन मन्त्रालय र कानुन आयोगका सचिवसहितका पदाधिकारीसँग छानविनका क्रममा आइपर्ने कानुनी लगायतका विषयमा छलफल गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए।

समितिको कार्यादेशसँग सम्बन्धित विषयहरुमा कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायतमा उठेका प्रश्नलाई हल गर्ने प्रयास समेत भएको थापाले बताए। उनले छानविन,कारबाही सिफारिस लगायतका व्यवस्थामा विद्यमान संवैधानिक अवस्था र यसअघिको अभ्यासका बारेमा स्पष्टता भएको धारणा राखे।

उनले अर्को बैठक असार १० गते बस्ने र समस्याग्रस्त सहकारीका प्रतिवेदनमा अध्ययन हुने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.