नेपाली सेनाका महासेनानी मल्ल बर्खास्त
काठमाडौं : नेपाली सेनाका महासेनानी दिरेन्द्र मल्ल बर्खास्तमा परेका छन्। उनको विभिन्न कागजातमा कैफियत देखिएपछि नेपाली सेनाले महासेनानी मल्ललाई बर्खास्त गरेको हो। नेपाली सेनाको समरी सैनिक अदालतले मल्ललाई बर्खास्त गरेको हो। महासेनानी मल्ल न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाली नियोगमा काम गर्दै आएका थिए।
उमेरसम्बन्धीको कागजातलाई लिएर उजुरी परेपछि नेपाली सेनाले नेपाल झिकाई उनीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले महासेनानी मल्ल भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट अलग भएको बताए। प्रवक्ता केसीका अनुसार प्रमाणपत्रहरूमा कैफियत देखिएकाले छानबिनपछि मल्ल बर्खास्तमा परेका हुन्।