नक्कली सवारी दर्ता किताबसहित ४ जना पक्राउ

नक्कली सवारी दर्ता किताबसहित ४ जना पक्राउ

काठमाडौं : नक्कली सवारी दर्ता किताबसहित ४ जना पक्राउ परेका छन्। बैतडीको शिवनाथ गाउँपालिका-७ का ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवनको भरतपुर महानगरपालिका-१ घर भई काठमाडौंको धुम्बाराही बस्ने ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापको लिखु तामाकोशी गाउँपालिका-५ घर भई कोटेश्वर बस्ने ३३ वर्षीय शान्त कुमार मगर र डोटीको आदर्श गाउँपालिका-५ का ३२ वर्षीय पवन सिंह रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार  मनोज विगतमा पनि सवारी साधन डिक राखि नम्बर परिवर्तन गरी चलाई रहेकोमा जिल्ला अदालत ललितपुरबाट पाँच लाख धरौटीमा रिहा भएका थिए। 

विरेन्द्र सिंह साउद ५० हजारको प्रलोभनमा परी सवारी साधन किताबमा फोटो र नागरिकताको प्रतिलिपि दिई फोटो टाँस्ने काम गरेको पाइएको प्रहरी उपरीक्षक जिसीले बताए। किर्ते सवारी दर्ता किताब दुई थानसहित पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.