विराटनगरमा पाहुना आएका युवकको हत्या

ठुलीआमाकी छोरीको बिहेको लागि विराटनगर आएका थिए अक्लेश

विराटनगरमा पाहुना आएका युवकको हत्या
सांकेतिक तस्बिर।

विराटनगर : विराटनगरमा पाहुना आएका एक जना युवकको हत्या भएको छ । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । उनका अनुसार रामलोचन अक्लेशका ठुलोबुवा हुन् । ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला अक्लेशको हत्या भएको डीएसपी बस्नेतले बताए । 

विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको जानकारी उनले दिए । अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन् । बस्नेतका अनुसार बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको खुलेको छ । उनीहरुबीच के विषयमा विवाद भएको थियो भनेर यकिन भइसकेको छैन । 

विवादपछि अक्लेश मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै थिए । घर जाने तयारीमा रहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको डीएसपी बस्नेतले बताए । चक्कु प्रहारबाट अक्लेशको बायाँ कोखामा गहिरो चोट लागेको थियो । गम्भीर अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगियो । 

उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अक्लेशको मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न गणेश फरार रहेको र खोजी तीव्र पारिएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाउने तयारी भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.