मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते

मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना : १ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर : कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ टंकी चोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्। 

प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति ११:४५ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार स्कुटरमा ३ जना सवार थिए। 

दुर्घटनामा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय राजु साहको मृत्यु भएको जानकारी बस्नेतले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका साहको उपचारका क्रममा बूढीगंगाको विराट शिक्षण अस्पतालमा बिहीबार बिहान २:३० बजेतिर मृत्यु भएको हो। 

दुर्घटनामा स्कुटरको पछाडि सवार कोशी–१ का ३६ वर्षीय योगेन्द्र साह र ३० वर्षीय सुरज साह, मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २९ वर्षीय कृष्ण माझी गम्भीर घाइते भएका छन्। तीनै जना घाइतेको विराटमै उपचार भइरहेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल र स्कुटरका चालकले मापसे गरेको खुलेको छ। मापसे गरेर रातको समयमा तीव्र गतिमा सवारीसाधन चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ। अर्कोतर्फ स्कुटरमा क्षमताभन्दा बढी (३ जना) सवार थिए। 
दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय नेमुवामा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.