सञ्चार र विद्युत पुग्न नसकेको मुस्ताङको 'साङ्ता' (फोटो फिचर)
भिरालो सतहमा परम्परागत ढुंगा र माटोले बनेका गुजमुच्च एकतले घरहरूले अभाव,अशिक्षा र गरिबी रेखामुुनी रहेको वास्तविक दृष्यलाई छुताछुल्ल पारिदिन्छ । साङ्ता गाउँ एक यस्तो गाउँ हो जहाँ मुस्ताङको ९६ गाउँवस्तीमध्ये अत्यन्तै पिछडिएको गुमनाम बस्ती हो।
जोमसोम : ६ महिना गाउँमा र ६ महिना गाउँ बाहिर बस्नुपर्ने मुस्ताङको साङ्ता गाउँका नागरिकको विद्यमान दिनचर्या हो । अत्यधिक चिसोका कारण त्यहाँका नागरिक हिउँदमा गाउँ बाहिर र बर्खायाम गाउँ बसेर थाकथलो धानिरहेका छन् ।
२०२२ सालमा सरकारले पत्ता लगाएको वारागुङ मुक्तिक्षेत्र—५ साङ्ता गाउँको सरकारी सूचिकृत इतिहास ६ दशक मात्र पुगेको छ । यसैले यो गाउँलाई नेपालकै सबैभन्दा कान्छो गाउँ समेत भन्ने गरिएको छ ।
यो बस्ती मुस्ताङ र डोल्पाको सीमानामा पर्छ । भिरालो सतहमा अवस्थित मुस्ताङको साङ्ता बस्तीमा १३ घरधुरीको मात्र बसोवास छ । गत स्थानीय तह र संघ तथा प्रदेशको निर्वाचनमा यहाँ जम्मा ३४ जना मात्र मतदाता थिए ।
वारागुङ मुक्तिक्षेत्र—५ को एउटै वडामा पर्ने फल्याक र धार्काजुङ गाउँहरुमा विकास लहर पुग्दा यो गाउँमा अझैसम्म पनि बिजुली र सञ्चारको सुविधा पुग्न सकेको छैन । निर्वाचनका बेला बिजुली र सञ्चार,स्वास्थ्य,शिक्षा र सिंचाइको पूर्वाधार ल्याइदिने नेताहरूका ठूलठूला आश्वासन पनि उनीहरुका लागि मित्थ्या सावित भएका छन्।
भिरालो सतहमा परम्परागत ढुंगा र माटोले बनेका गुजमुच्च एकतले घरहरूले अभाव,अशिक्षा र गरिबी रेखामुुनी रहेको वास्तविक दृष्यलाई छुताछुल्ल पारिदिन्छ । साङ्ता गाउँ एक यस्तो गाउँ हो जहाँ मुस्ताङको ९६ गाउँवस्तीमध्ये अत्यन्तै पिछडिएको गुमनाम बस्ती हो।
वारागुङ मुक्तिक्षेत्र—५ को एउटै वडामा पर्ने फल्याक र धार्काजुङ गाउँहरुमा विकास लहर पुग्दा यो गाउँमा अझैसम्म पनि बिजुली र सञ्चारको सुविधा पुग्न सकेको छैन । निर्वाचनका बेला बिजुली र सञ्चार,स्वास्थ्य,शिक्षा र सिंचाइको पूर्वाधार ल्याइदिने नेताहरूका ठूलठूला आश्वासन पनि उनीहरुका लागि मित्थ्या सावित भएका छन्।
साङ्ता गाउँमा अहिले २ जना नाबालक र ४०/५० जना युवा र ज्येष्ठ नागरिक छन् । गाउँमा कुनै सूचना प्रवाह गर्नुपर्यो भने टेलिफोन नहुँदा उनीहरूले निकै सास्ती भोग्नु पर्ने अवस्था छ । गाउँमा कुनै बिरामी पर्दा स्वास्थ्य चौकी छैन । गाउँमा बिजुली नपुग्दा विद्युतीय माध्यमबाट प्राप्त गर्ने सकिने विभिन्न प्रकार सामान्य सेवा सुविधा समेत अहिले सम्म साङ्ता गाउँका नागरिकले पाउँन सकेका छन् ।
गाउँका सबै घरधुरीले सामान्य खेतीपाती गर्छन् । केहीले याकचौरी र भेडाच्यांग्रा पालेका छन् । सिजनको बेला यार्सा संकलन गर्छन् । सामान्य खेतीपाती र पशुपालन गरी जिविकोपार्जन गर्दै आइरहेका साङ्ता गाउँलाई नत विकासले छोयो नत त्यहाँका थाकथलो छाडेर अन्यत्र जान सक्छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले मुस्ताङको साङ्ता गाउँमा आफ्नै वडामा पर्ने भएपनि चाहेर पनि विकास गर्न नसकेको बताए । उनले साङ्ता गाउँमा अझै पनि विद्युत र सञ्चार सेवा पुग्न नसकेको जानकारी दिए ।‘हामीले निरन्तर विद्युत र सञ्चार सुविधाका लागि पहल गरिरहेका छौं,तैपनी हाम्रो प्रयास सार्थक हुन सकिरहेको छैन ,वडाध्यक्ष गुरुङले भने, विद्युत प्राधिकरण र नेपाल टेलिकममा यो कुरालाई उठारहेका छौं, उनीहरुबाटै खासै पहल भएको छैन ।'
गाउँका सबै घरधुरीले सामान्य खेतीपाती गर्छन् । केहीले याकचौरी र भेडाच्यांग्रा पालेका छन् । सिजनको बेला यार्सा संकलन गर्छन् । सामान्य खेतीपाती र पशुपालन गरी जिविकोपार्जन गर्दै आइरहेका साङ्ता गाउँलाई नत विकासले छोयो नत त्यहाँका थाकथलो छाडेर अन्यत्र जान सक्छन् ।
सीमित खेतीयोग्य जमिनमा साङ्ता गाउँका नागरिकहरूले उवा,जौं,आलु,फापर,मकै र सिमी लगाएर उत्पादन गर्छन् । तर,उनीहरुले उत्पादन गरेको कृषि उपजले बाह्रै महिना थेग्न मुस्किल पर्छ।
जतिसुकै अभाव र गरिबि थिचे पनि उनीहरूका लागि त्यही विकटको गाउँ साङ्ता प्रिय छ । नेपाली भाषा शुद्ध र राम्ररी बोल्न नजान्ने साङ्ता गाउँका नागरिकले स्थानीय भाषा मात्र बुझ्दछन् । गाउँमा नयाँ कोही अनुहार आयो भने अशिक्षाका कारण भाषा आदान/प्रदानमा निकै समस्या हुन्छ ।
गाउँमा भएका बालबालिकाहरु कतिपय गुम्बा स्कुल र कतिपय डोनर पठाइदिन्छु भनेर अन्यत्र लागेपछि गाउँ नजिकैका एक आधारभूत विद्यालय पनि विद्यार्थी नहुँदा बन्द अवस्था छ । सीमित खेतीयोग्य जमिनमा साङ्ता गाउँका नागरिकहरूले उवा,जौं,आलु,फापर,मकै र सिमी लगाएर उत्पादन गर्छन् । तर,उनीहरुले उत्पादन गरेको कृषि उपजले बाह्रै महिना थेग्न मुस्किल पर्छ।
साङ्ता गाउँमा पुग्दा त्यहाँका नागरिकको दैनिक निकै कष्ठकर छ। गाउँमा गरिएको सामान्य कृषि कर्म र पुशपालनले बाह्रै महिना थेग्नुपर्ने बाध्यता उनीहरूमा छ । मुस्ताङ सदरमुकाम जोमसोमदेखि झन्डै ४० किलोमिटरको दुरीमा रहेको साङ्ता गाउँ भिरालो खोचमा अवस्थित गाउँ हो ।
साङ्ता गाउँका नागरिकको समाजघरको छानो हावाले उडाएर क्षति बनाएपछि अहिलेसम्म उनीहरुले जस्ता फेर्न सकेका छैनन् । स्थानीय स्तरमा नजिकैको सरकार गाउँपालिका छ । तर,गाउँपालिका पनि त्यो समाजघरको जस्ता फेरिदिन सकेको छैन ।
अहिलेको साङ्ता बस्ती स्थान्तरण हुन अघि उनीहरु नजिकैको पारिपट्टी घोक भन्ने स्थानमा बस्थे भन्ने स्थानीयको भनाइ छ । त्यहाँ सिँचाइको अभाव हुन थालेपछि साङ्तेली गाउँले अहिलेको बस्ती फेरेको हो भन्ने गरिन्छ । साङ्ता गाउँका नागरिकको समाजघरको छानो हावाले उडाएर क्षति बनाएपछि अहिलेसम्म उनीहरुले जस्ता फेर्न सकेका छैनन् । स्थानीय स्तरमा नजिकैको सरकार गाउँपालिका छ । तर,गाउँपालिका पनि त्यो समाजघरको जस्ता फेरिदिन सकेको छैन । गाउँमा योजनाहरू माग गर्न पढेलेखेका नागरिकहर नहुँदा उनीहरुको आवाज सम्बन्धित निकायमा मुखरित हुन सकिरहेको छैन ।
बुधबार गण्डकी प्रदेश प्रहरी श्रीमती संघको टोली समाजघर छाउने जस्तापाता र स्थानीयलाई न्यानो कपडा ब्ल्याकेट वितरण गर्न साङ्ता पुग्यो । सो अवसरमा उनीहरुले स्वास्थ्य सेवा शिविर पनि चलाए । गण्डकी प्रदेश प्रहरी श्रीमती संघकी सचिव रविना अर्यालले संघको सहयोगमा साङ्ता गाउँको समाजघरको छानो छाउन जस्तापाता र स्थानीयलाई जाडो थेग्न न्यानो कपडा ब्ल्याकेट वितरण गरेको बताइन् । उनले संस्थाले निरन्तर सामाजिक उत्तरदायित्व बहन गर्दै पिछडिएको समुदायका साथै बाढीपहिरो ,द्वन्द्व पीडित र कठिन परिस्थितिमा रहेका समुदायको सेवा सहयोगमा लागि परेको जनाइन् ।
मुस्ताङ र उपल्लो डोल्पा जा्ड्ने कच्ची सडक साङ्ता गाउँ हुँदै याकखर्कसम्मको ट्याक जोडिएको छ । यद्यपी सडक स्तरोन्नतिका क्रममा रहेकाले उपल्लो डोल्पाबाट मुस्ताङ आउजाउ गर्न सहज हुन अझै केहीवर्ष लाग्ने देखिन्छ ।
सडक यातायातको सुविधाबाट बञ्चित त्यहाँका नागरिकहरू घण्टौं पैदल हिँडेर स्वास्थ्य परीक्षण गर्न जोमसोम आउनुपर्छ। स्वास्थ्य सेवासहित राहत कार्यक्रम लिएर साङ्ता गाउँ पुगेको प्रदेश प्रहरी श्रीमतीसंघको टोलीले २४ थान जस्ता पाता र १५ थान न्यानो कपडा ब्ल्याकेट वितरण गरेको थियो।
संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ र उपल्लो डोल्पा जा्ड्ने कच्ची सडक साङ्ता गाउँ हुँदै याकखर्कसम्मको ट्याक जोडिएको छ । यद्यपी सडक स्तरोन्नतिका क्रममा रहेकाले उपल्लो डोल्पाबाट मुस्ताङ आउजाउ गर्न सहज हुन अझै केहीवर्ष लाग्ने देखिन्छ ।