डोल्पामा भ्रष्टाचार निवारण ऐन विपरीत पद लुकाउँदै निमित्त प्रशासकीय अधिकृत

डोल्पामा भ्रष्टाचार निवारण ऐन विपरीत पद लुकाउँदै निमित्त प्रशासकीय अधिकृत

डोल्पा : हिमाली जिल्ला डोल्पाको एक स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार निवारण ऐनविरुद्ध आफ्नो पदको ओहोदा देखाएको पाइएको छ।

जिल्लाका काइके गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झना पराजुली आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भए पनि आफ्नो वास्तविक पद लुकाउने गरेकी छिन्।

उनी महिला विकास तर्फकी समायोजित अधिकृत हुन्।उक्त गाउँपालिकामा उनको दरबन्दी पनि छैन। महिला विकास शाखाका लागि लोकसेवा आयोगले पालिकामा चौथौं तहका दरबन्दी पठाइसकेको छ।

प्रमुख प्रशासकीय अधिकृत नआउन्जेलसम्म कामकाज सञ्चालन गर्न सामान्य प्रशासन मन्त्रालयले आर्थिक अधिकारसहितको जिम्मेवारी दिएको हो।
त्यसकारण पनि उनले निमित्त भएर कामकाज सञ्चालन गर्नुपर्छ। तर,उनले सार्वजानिक काममा परिचय दिंदादेखि कार्यालयका सम्पूर्ण कागजातमा प्रमुख प्रशासकीय अधिकृत लेख्ने र त्यही भनेर परिचय दिने गरेकी छन्।

उनले आफ्नो कार्यकक्षमा राखिएको नेमप्लेट, गाउँपालिकाको वेभ साइटदेखि गाउँ कार्यपालिकाले निकालेको वार्षिक क्यालेण्डरसम्ममा निमित्तको सट्टा प्रमुख प्रशासकीय अधिकृत नै लेखेकी छन्।

त्यतिमात्र नभइ आफूभन्दा माथिल्लो निकाय र जिल्लाका विभिन्न कार्यालयमा चलान गरिएको पत्रमासमेत प्रमुख प्रशासकीय अधिकृत लेखिएको पत्रमा सहिछाप गरेर पठाउने गरेकी छिन्।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ अनुसार कुनै पनि राष्ट्र सेवक वा व्यक्तिले आफूले नपाएको ओहोदा,अधिकार वा हैसियत वा सुविधा पाएँ भनी कुनै चिन्ह्र वा निस्सा देखाएमा निजलाई दुई वर्षसम्म कैद वा जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

यस्तो कानुनी व्यवस्थालाई उनले एक वर्षदेखि बेवास्ता गर्दै आएकी छिन्। तर,पराजुलीले खुलमखुल्ला रुपमै आफ्नो नपाएको ओहोदा प्रकट गरिरहेकी छिन्।

प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले कुनै कर्मचारी,कार्यालय प्रमुख वा व्यक्तिले कानुन विपरीत आफ्नो ओहोदा प्रकट गर्न नमिल्ने बताए।
आफूले कार्यालय प्रमुखहरुको बैठकमा आफ्नो भएको ओहोदा विपरीत नभएको ओहोदा प्रकट नगर्नुहोला भनि निर्देशन दिइरहेको र यस विपरीत भएको पाइएमा कारवाही गरिने बताएको उनको भनाइ छ।

त्यतिमात्र नभइ उनी काइके गाउँपालिकामा नियमअनुसार सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृतलाईसमेत असहज वातावरण सृजना गरेर हाजिर हुन नदिने गर्छिन्।

गत वैशाखमा सरुवा भएर आएका जाजरकोट निवासी प्रमुख प्रशासकीय गोपाल शाही पालिकामै नपुगेर बीच बाटोबाटै फर्किएका थिए। शाहीले बताए अनुसार आफू सरुवा भएको पालिकामा पुगेर सेवा गर्ने इच्छा भए पनि असहज परिस्थिति बनेको देखेपछि आफैँले सरुवा बदर गराएको बताए।

पालिकामा कार्यरत कर्मचारीहरूलाई आफ्नो अनुकूल काम गर्न दबाब दिने र नमाने झपार्ने,थर्काउने लगायतका विभिन्न मानसिक दबाब दिने गरेको कर्मचारी स्रोत बताउँछन्।

यस विषयमा बुझ्न निमित्त प्रमुख प्रशासकीय अधिकृत पराजुलीले फोन गर्दा पत्रमा विभिन्न दस्ताबेजमा प्रष्टै प्रष्ट लेखेको पाइए पनि ढाकछोप गर्न आफूले नलेखेको बताइन्।आफू निमित्तै भएकाले कसरी लेखिएको थाहा नभएको र हेर्ने बताइन्।
 
हाल डोल्पाका चारवटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी लिएर नियमित कामकाज सञ्चालन गरिरहेका छन् भने चारवटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नै रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.