सरकार फेरबदलको पक्षमा छैनौं : अध्यक्ष नेपाल

सरकार फेरबदलको पक्षमा छैनौं : अध्यक्ष नेपाल

बर्दिवास : एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फेरबदलको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्। महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्। 

'सरकारको विकल्पको विषयमा सोच्ने ठाँउमा छैनौं। असन्तुष्टीलाई चिर्नका लागि सत्ता गठबन्धनभित्रै बसेर छलफल गर्नुपर्छ', उनले भने। वैज्ञानिक अधारमा संघ सरकारले बजेट विनियोजन नगरेकोप्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेका छन।'बजेटबारे व्यापक छलफल भइरहेको छ, मन्त्रीहरुले मनोगतरुपमा बजेट बिनियोजन गरेका छन्', उनले भने।

१६ असारमा हुने राष्ट्रिय माहाअधिवेसनको तयारीको लागि नेता नेपाल मधेश प्रदेश झरेका हुन्। अर्को प्रसंगमा नेता नेपालले जनता समावादी पाटी फुटेपछि समाजवादी मोर्चा शिथिल बनेको उल्लेख गरे।

'अब प्रधानमन्त्रीले मलाई समाजवादी मोर्चा पुन:गठनको लागि जिम्मेवारी दिनुभएको छ तर पाटीको माहाअधिवेशन भएकाले मैले भ्याउन सकेको छैन,' मधेश प्रदेशमा थोरै जिल्ला भएको तर यो संख्यालाई बढाउन नसकिने बताए। उनले भने,'धेरै बच्चा जन्मायो भने पाल्न गाह्रो हुन्छ।'

मधेश प्रदेशलाई नमुना प्रदेश बनाउन मुख्यमन्त्रीलाई सल्लाह दिएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.