भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

भैरहवा : अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ । योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गरेका थिए।

कार्यक्रममा बोल्दै उनले बुद्धले शान्ति,करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पारेका थिए। उनले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याए।

मुख्यमन्त्री महराले भने,'यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो। योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।'


महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाए । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उनले बताए।

सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताए। उनले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिए। सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उनले बताए।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्त्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका विभिन्न बौद्धसँग सम्बन्धित स्थलसँग जोडेर यसलाई तीर्थस्थल सर्किटका रूपमा विकसित गर्न आवश्यक रहेको औँल्याए । यसैको प्रयासस्वरुप लुम्बिनी विकास कोषसँगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उनको भनाइ थियो। 

योगाभ्यास कार्यक्रममा मुख्यमन्त्री महरा,राजदूत श्रीवास्तवसहित पूर्वमन्त्रीहरू हृदयेशकुमार त्रिपाठीलगायत ९०० बढिको सहभागीता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.