पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

पञ्चकन्या स्टिललाई ग्रिन प्रो प्रमाणपत्र

काठमाडौं :पञ्चकन्या स्टिलले गर्वका ५०० एक्स डी र ५५० एक्स डी रिबार (फलामे छड)हरूले प्रतिष्ठित ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनीले उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ -सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरले ग्रीनप्रो प्रमाणपत्र प्रदान गरेको हो। यसले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ। यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ।  

ग्रीन प्रो इको लेबललाई ग्लोबल इको लेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इको लेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ।

पञ्चकन्या स्टिलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ। यो प्रमाणपत्रले पञ्चकन्या स्टिलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.