वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको भ्रमण

वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको भ्रमण

काठमाडौं : ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूले भ्रमण गरेका छन्। बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरूले भ्रमण गरेका हुन्।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रक्रिया अन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिक स्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहरूसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरि शैक्षिक सत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरे। 

विभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरू बीच सम्बन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतीकरण, र मूल्यांकनहरू सहितका विषयहरू उठेको थियो। प्रतिनिधिहरूले विभाग प्रमुख तथा विद्यार्थीहरूबाट प्राप्त प्रतिक्रियाहरू पनि संकलन गरेको छ।

वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ। यसै सन्दर्भमा प्रतिनिधिहरूले ‘प्रोग्रेशन एण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ।

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौं। साथै  आगामी वर्षहरूमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौं।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक्स विषयको पढाइ सञ्चालन गर्दै आइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.