दूग्ध किसानलाई ऋण लिएर भुक्तानी गर्छौं : कृषि मन्त्री
काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला साहले दूग्ध किसानलाई ऋण लिएर भुक्तानी गर्ने बताएकी छन्। संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साहले एक हप्ताभित्र दूग्ध किसानलाई भुक्तान गर्ने आवश्वास दिइन्।
'म मन्त्री बनेको हप्ता दिनभित्रै ३० करोड ऋण लिएर दुग्ध किसानलाई भुक्तानी दिएका थियौं। सरकार ऋण होस्, तर किसानलाई ऋण नलागोस् भनेरै हामीले ऋण लिएर भुक्तानी दिएका थियौं,' उनले भनिन्, 'अहिले पनि कति किसानको भुक्तानी बाँकी छ भन्ने विषयमा सोधीखोजी भइरहेको छ। उनीहरूले ४ देखि ७ दिनभित्र भुक्तानी प्रक्रिया मिलाउँछौं।'
उनले थप भुक्तानीका लागि सरकारले आवश्यक ऋणको जोहो गर्नै बताइन्। उनले थप ५० करोडसम्म ऋण लिएर दुग्ध किसानलाई भुक्तानी गर्नसकिने बताइन्।