मधेस प्रदेश : योजना आयोगको उपाध्यक्षमा डा. साह नियुक्त
जनकपुरधाम : मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहनप्रसाद साह नियुक्त भएका छन्। मधेस प्रदेश सरकारमा फेरबदलसँगै आयोगको उपाध्यक्षमा जनमत पार्टीको तर्फबाट डा. साह नियुक्त भएका हुन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले डा. साहलाई नियुक्त गरेका हुन्। तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकारमा डा. साह आयोगको सदस्य थिए।
यसअघि आयोगको उपाध्यक्ष नाथुप्रसाद चौधरी थिए।