कर्णाली घुमौं अभियान सञ्चालन

कर्णाली घुमौं अभियान सञ्चालन

मुगु : राराको पर्यटन प्रवर्द्धनका लागि कर्णाली घुमौं अभियान सञ्चालन गरिएको छ। गर्मी से बेहाल: चलो राराताल भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको हो। कर्णाली क्षेत्रको पहिचान गरेर भारतीय पर्यटक भित्र्याउनका लागि अभियान सञ्चालन गरिएको छ। 

उद्योग  पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा नेपाल फोटो पत्रकार संघले कर्णाली घुमौं अभियानअन्तर्गत राराको पर्यटन प्रवर्द्धनका लागि गर्मी से बेहाल चलो रारा ताल भन्दै भारतीय तथा नेपाली फोटो पत्रकार, अन्य पत्रकारका र नेपाल तथा भारतका पर्यटन व्यवसायीले यो अभियान सञ्चालन गरेका हुन।

कर्णालीको पर्यटकीय क्षेत्रको पहिचान गर्दै यी क्षेत्रमा  भारतीय पर्यटकहरू भित्राउनका लागि यो अभियान सञ्चालन गर्न भारतीय सञ्चारकर्मी लगायत पर्यटन व्यवसायीहरू रारा लगायत कर्णालीका अन्य ठाउँमा भ्रमणमा सहभागी भएको अभियानका संयोजक सञ्चारकर्मी हरिहर राठौरले जानकारी दिए।

यो अभियानमा भारतका विभिन्न सञ्चार माध्यमका नौ जना सञ्चारकर्मी र पर्यन व्यवसायीसहित नेपालका विभिन्न जिल्लाबाट ३० जना भन्दा बढी सञ्चारकर्मी र पर्यटन व्यवसायीले कर्णालीका दैलेख, कालीकोट, जुम्ला र मुगुको रारामा भ्रमण गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.