१५ करोड ७६ लाख मूल्य बराबरको कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ

१५ करोड ७६ लाख मूल्य बराबरको कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले ४ किलो ५०४ ग्राम कोकिनसहित चारजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने चारजना नागरिकलाई सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो । उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिनेश कुमार आचार्यले जानकारी दिए ।

 त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई बिमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक आचार्यले बताए।

अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको व्युरोले जनाएको छ । 

बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी  १५ करोड ७६ लाख हुन आउने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.