एनएमबी बैंकको कतार एयरवेजसँग साझेदारी : ग्राहकहरूलाई हवाई टिकटमा १० प्रतिशतसम्म छुट

एनएमबी बैंकको कतार एयरवेजसँग साझेदारी : ग्राहकहरूलाई हवाई टिकटमा १० प्रतिशतसम्म छुट

काठमाडौं : एनएमबी बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ। एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

छुट प्राप्त गर्नका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ। यो अफर मार्फत ग्राहकले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन्। साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन्। थप जानकारीका लागि https://bit.ly/NMBQatar हेर्न सकिन्छ। 

एनएमबी बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। 

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ। एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.