सङ्खुवासभाको मकालुमा पहिरोले लग्यो पक्की पुल

सङ्खुवासभाको मकालुमा पहिरोले लग्यो पक्की पुल

खाँदबारी : किमाथांका–विराटनगर सडक खण्डको मकालु गाउँपलिका–३ मा रहेको इकुवा खोलामा रहेको मोटरेबल पुल पहिरोले लगेको छ। बिहीबार रात अविरल वर्षासँगै आएको पहिरोले क्षति पुर्‍याएको उत्तर–दक्षिण कोशी सडक आयोजना प्रमुख सविन कोइरालाले जानकारी दिए।

२०७९ सालमा निर्माण सम्पन्न भएको २० मिटर लामो पुल पहिरोले लगेको प्रमुख कोइरालाले बताए। पुलको भग्नावशेष समेत नरहने गरी क्षति पुगेको छ। करिब ४ करोडको लागतमा निर्माण गरिएको पुलमा क्षति पुर्‍याएपछि सडक समेत अवरुद्ध भएको छ। पुलमा क्षति पुगेपछि जिल्लाको उत्तरी क्षेत्र भोटखोला जाने सडक अवरुद्ध भएको आयोजना प्रमुख कोइरालाले बताए। 

इकुवा खोला सदरमुकाम खाँदबारीदेखि ७० किलोमिटर टाढा पर्दछ। पुल पहिरोले लगेपछि सदरमुकाम जोड्ने सडक टुटेको छ। इकुवा खोलाबाट १० किलोमिटर पर बरुण दोभानसम्म सवारी साधनहरु पुग्ने गरेका थिए। जिल्लाको उत्तरी क्षेत्रका एक साताअघिदेखि अविरल भारी वर्षा भइरहेको छ। अविरल वर्षाका कारण धनजनमा क्षति पुगेको छ।

अविरल वर्षाका कारण जिल्लाको उत्तरी क्षेत्रमा मोबाइल नेटवर्क समेत अवरुद्ध छ। १० स्थानमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आउन नसक्दा जिल्लाको मकालु गाउँपाकिला, भोटखोला गाउँपालिका र सिलिङचोङ गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। खाँदबारी नगरपालिका–४ लहरी खर्कमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनका लागि राखिएको विद्युत ट्रान्सफर्मरमा खराबी आएपछि सञ्चार अवरुद्ध भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.