ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने ६ जना घाइते भएका छन्। 

बिहीबार दिउँसो वडा नम्बर १२ को भित्री सडक खण्डको कुलो निर्माणको लागि ढुंगा लिएर चौरजहारी चर्फ जाँदै गरेको  कर्णाली प्रदेश ०३००१ त ००१  नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका १२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा चौरजहारी नगरपालिका ११ बस्ने गोपाल डाँगीको ९ वर्षीय छोरा डिल्ली डाँगी, चौरजहारी १२ की १२ वर्षीया कल्पना ओली, सोही वडाकै ४३ वर्षीय शरद शर्मा, ४३ वर्षीय बलु जैशी, चौरजहारी नगरपालिका ५ का ट्याक्टर चालक लक्ष्मण कुमाई र सोही वडाकै २० वर्षीय विकास कुमाई घाइते भएको सूचना अधिकारी शाहीले जानकारी दिए। 

घाइतेको अवस्था मध्यम रहेको र चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर ब्रेक फेल भएर सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.