आगलागीबाट डेल्टा मार्ट नष्ट, करोडौंको क्षति

आगलागीबाट डेल्टा मार्ट नष्ट, करोडौंको क्षति

बुटवल : बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ। 

बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरका अनुसार क्षतिको एकिन विवरण अझै आइसकेको छैन। तर, करोडौँको क्षति भएको आकलन गरिएको छ। आगो नियन्त्रणका लागि छिमेकी तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगरपालिका भैरहवा, देवदह नगरपालिका, सुनवल नगरपालिका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र शिवराज नगरपालिका कपिलवस्तुका दमकल प्रयोग गरिएको थियो। 

तीन तलाको मार्टको माथिल्लो तलाबाट आगो लागेको थियो। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयबासी लगायतको सहयोगबाट बस्तीमा आगो जानबाट जोगिएको छ।  बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ता चप्पलको मेला लाग्ने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.