दलाई लामालाई भेटेर अमेरिकी सांसदहरूले भने- स्वायत्तः तिब्बतप्रति हाम्रो पूर्ण समर्थन छ

दलाई लामालाई भेटेर अमेरिकी सांसदहरूले भने- स्वायत्तः तिब्बतप्रति हाम्रो पूर्ण समर्थन छ

काठमाडौं : अमेरिकी संसदहरूले धर्म गुरू दलाई लामालाई भेटेका छन्। भारतको हिमाञ्चलस्थित धर्मशालामा अमेरिकाको हाउस अफ रीप्रेजेन्टेटिभका प्रतिनिधिमण्डलले बुधबार दलाई लामासँग भेटेको हो।

अमेरिकी सांसदहरूले दलाई लामालाई स्वायत्तः तिब्बतप्रति पूर्ण समर्थन रहेको बताएका थिए। उनीहरूले अमेरिकाले सधैं तिब्बतको स्वायतत्ता चाहेको धर्म गुरु दलाई लामालाई बताएका थिए।

बीबीसीका अनुसार भारतीय भूमिमा कुनै विदेशी कूटनीतिज्ञले तिब्बत मामिलामा कुरा गरेको पहिलोपटक हो। भारतीय भूमिमा अमेरिकी कूटनीतिज्ञको यस अभिव्यक्तिलाई धेरैले विरोधसमेत गरेका छन्। भारतको विदेशकी मामिलाका जानकार गोकुल सहनीले अमेरिकी सांसदहरूको अभिव्यक्तिको विरोध गरेका छन्। उनले अमेरिकी कांग्रेसले तिब्बत मामिलामा भडकाउ अभिव्यक्ति दिनु गलत भएको बताएका छन्।

भारतमा अमेरिकी सांसदहरूको दलाई लामासँगको भेट आधिकारिक हो वा होइन भन्ने विषय नै प्रस्ट नरहेको बताइएको छ। द हिन्दुले अमेरिकी सांसदहरू निजी भ्रमणका क्रममा दलाई लामालाई भेटेको बताएको छ। 

भारत भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोली विदेश मामिला समितिका सदस्यहरूको रहेको बताइएको छ। जसको नेतृत्व समितिका अध्यक्ष एवं रिपब्लिकन नेता माइकलले गरिरहेका छन्। उनले तिब्बत मामिलामा प्राचीन सम्बन्ध कायम राखेको चीनको भनाइलाई हास्यास्पद् भएको बताए। उनले तिब्बतको स्वायतत्ताका लागि अमेरिका सधैं साथमा रहने बताए। उनले तिब्बती नागरिकले देखेको सुन्दर सपनालाई जिउँदो बनाउनुपर्ने बताएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.