निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं : निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपति शमशेर जवराले जानकारी दिए। गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।