भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालनमा

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालनमा

काठमाडौं : भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले  सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।

हेलिप्याडको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका हुन्। करिब ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको नागरिक  उड्डयन प्राधिकरणले जनाएको छ ।

null

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको समाचार राससमा उल्लेख छ। उनले उडान चाप व्यवस्थापनसँगै हेलिकोप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे।

महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले हालको हेलिकोप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ । null

हेलिप्याड उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकोप्टर अवतरण गराइएको थियो । सोही अवसरमा सिम्रिक एयरको होलिकोप्टरले सोही हेलिप्याडबाट लुक्ला उडान गरेको थियो।

हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ। प्राधिकरणका सिभिल इञ्जिनियर विनायक भट्टराईका अनुसार १७ वटा हेलिकोप्टर पाकिङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकैपटक चारवटा हेलिकोप्टर अवतरण गर्न सकिन्छ । null

पर्यटनमन्त्रीसहित क्यानका पदाधिकारी तथा हेलिकोप्टर कम्पनीका पदाधिकारी अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत नलिञ्चोक आएका थिए।  प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकोप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकोप्टर छन् ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.