प्रहरीचौकी भित्रै १७ वर्षीया किशोरी बलात्कृत

प्रहरीचौकी भित्रै १७ वर्षीया किशोरी बलात्कृत

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका–३ मा प्रहरीबाटै पटक–पटक १७ वर्षीय किशोरीको सिकार बनेको खुल्न आएको छ । प्रहरीचौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा पढ्दै गरेकी १७ वर्षीया करुणा थापा (नाम परिर्वतन) लाई प्रहरीचौकी भित्रै जबरजस्ती करणी गरेको खुल्न आएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोही घटनालाई लिएर पीडितले गत जेठ १६ गते किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा गत जेठ ११ गते राती करिब १ बजे पीडित किशोरीलाई छात्रावासभित्रै जबरजस्ती करणी गरेको र त्यसअघि पनि प्रहरीचौकी भित्रै रहेको भान्सा कोठामा आफूलाई पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार पीडित भनिएकी किशोरीले यसअघि पनि पटक–पटक प्रहरी जवानले बलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख गरेकी छन् । उनले भने,'जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा जाहेरी दर्ता भएलगत्तै अनुसन्धान सरु गरेका थियौं। अनुसन्धानको क्रममा दुवैबीच करिब ७/८ महिनादेखि प्रेम सम्बन्ध रहेको समेत खुल्न आएको छ । उनीहरूबीच आदनप्रदान भएका प्रेम पत्रहरुसमेत फेलापरेको उनले बताए ।

हाल उक्त घटनाको अनुसन्धान गरेर प्रहरी जवान बोटलाई सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक रिजालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.