‘विदेशी नेपालीलाई समान अवसर दिनुपर्छ’

‘विदेशी नेपालीलाई समान अवसर दिनुपर्छ’

विदेशमा काम गर्न जाने नेपालीहरूको कथा सामान्य भए तापनि, घनश्याम कँडेलको यात्रा प्रेरणादायी छ। नेपालमा आर्थिक अवसरहरूको कमीले गर्दा धेरै नेपाली युवाहरू विदेशमा रोजगारीको खोजीमा जान बाध्य छन्। सुखद भविष्यको सिलसिलामा जापान पुगेर कर्मथलो बनाएका बागलुङका कँडेलले त्यहाँ होटल व्यवसायमा जमेका छन्। विदेशमा काम गर्दा उनले हासिल गरेको अनुभव र सीपको मद्दतले भविष्यमा नेपालमा व्यावसायिक योगदान गर्ने उनको संकल्पलाई अझ बलियो बनाएको छ। उनै कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

कसरी होटल व्यवसायमा लाग्नुभयो ?

म बागलुङमा जन्मिएको हुँ। १२ कक्षासम्म त्यहाँ नै पढें। मेरो दाइ पनि सेफ भएकोले म पनि सेफ नै बन्ने निर्णय गरेर भारत गएँ। केही समय भारतमा काम गरेर फेरि नेपाल फर्किएर होटल म्यानेजमेन्टसम्बन्धी पढँे। पढाइसँगै काठमाडौंस्थित ऐभरेस्ट होटलमा काम गरेँ। काम गर्दैगर्दा सन् २००७ मा जापान जाने अवसर जुर्‍यो। स्किल लेबरमा सेफकै लागि जापान गएको थिएँ। त्यहाँ दुई वर्ष सेफ भएर नै काम गरँे। सन् २०१० बाट भने जीके (घनश्याम कँडेल) कर्पोरेसन भन्ने कम्पनी खोलेर त्यसबाट रेस्टुँरा व्यवसाय सुरु गरेँ।

जापानमा व्यवसाय कस्तो चलिरहेको छ ?

टोकियोको हनेडा इन्टरनेसनल एयरपोर्टको नजिकै मेरा तीन रेस्टुँरा सञ्चालनमा छन्। १५ वर्षदेखि जापानमा रेस्टुँरा खोलिरहेको छु। सात वटासम्म रेस्टुँरा खोलेको थिएँ। कोभिडका कारण चार रेस्टुँरा बन्द भए। अहिले तीन मात्र सञ्चालनमा छन्। तीन रेस्टुँरामा १५ जनालाई रोजगारी दिइरहेको छु। ठाउँअनुसारको खाना, सबै खालको खाना पाइन्छ। नेपाली, इन्डियन, थाई र जापानीज खाना पाइन्छ। एयरपोर्ट नजिक भएकोले सबै खालको खाना पाइन्छ।

नेपालको पर्यटन व्यवसायलाई कसरी हेर्नु भएको छ ?

नेपालको भौगोलिक बनावट नै पर्यटनले नै अघि बढ्ने किसिमको छ। हामीले हाम्रो भौगोलिक सुन्दरता नै बेच्ने हो। कोभिडपछि पर्यटन क्षेत्र सुधारोन्मुख छ। नेपालमा पनि पर्यटक संख्या बढिरहेको छ। अघिल्लो वर्ष १० लाख पर्यटक नेपाल भित्रिएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट नै १५ लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य लिएको छ। लक्ष्य प्राप्ति सजिलै देखिन्छ। तर पर्यटक पूर्वाधारको भने कमी छ।

नेपालमा पनि पर्यटन बढ्दो छ। सानादेखि ठूला चेन होटलहरू पनि खुलेका छन्। नेपालमा शाखा खोल्ने सोच्नु भएको छ ?

नेपालमा पनि होटल खोल्ने सोच बनाएको छु। क्यानडा, नेपालमा पनि शाखा विस्तारका लागि अध्ययन गर्दैछु। कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित होटल क्षेत्र अहिले विस्तारै माथि उठ्दै छ। नेपालको परिप्रेक्ष्यमा पनि कोभिड अघिकै तुलनामा पर्यटन आवागमनसँगै होटल व्यवसाय पनि उठ्दै छ। तर, विकासोन्मुख देश नेपालमा पूर्वाधारको कमी छ। सहज यातायात छैन, हवाई कनेक्टिभिटी छैन, सुरक्षित बिजुली छैन। यसले एक ठाउँबाट अर्को ठाउँमा जान/आउन गाह्रो छ। 

यस्तै, होटल व्यवसायमा खानाको गुणस्तरमा चेकजाँच छैन। म आफंै पनि पछिल्लो पटक नेपाल आउँदा होटलमा खाना खाँदा अस्पताल नै भर्ना हुनु प¥र्यो। म यहाँ भाषा जानेको सबै जानेको मान्छेलाई त गाह्रो भयो भने बाहिरबाट आएका विदेशीहरूलाई कति गाह्रो हुन्छ होला। यसले बाहिर सन्देश त राम्रो जाँदैन। खाना स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकोले खाना गुणस्तर बनाउनुपर्छ।  केही फ्राई गरियो भने सबै त्यही तेलमा नै पकाइन्छ। यस्तो अभ्यास छोड्नुपर्छ। बाहिरको प्रदूषण त्यस्तै छ। यही भएर पनि देश बाहिर व्यवसाय गर्ने नेपालीहरूलाई यहाँ व्यवसाय गर्न गाह्रो भइरहेको छ।

विदेशी नेपालीले कस्तो समस्या भोगिरहेका छन् ?

विदेशी नेपालीहरूले काठमाडौं, पोखरा कलगायतका धेरै ठाउँमा होटल, रेस्टुँरा खोलेका छन्। तर सञ्चालनका लागि गाह्रो भयो भन्छन्। एउटा व्यवसाय सञ्चालन गर्दा धेरै ठाउँलाई खुसी बनाउनुपर्ने हुन्छ र त्यसले गर्दा व्यवसाय सञ्चालनमा नोक्सान भइरहेको उनीहरूको गुनासो छ। यहाँ चरम भ्रष्टाचार छ। पहुँचवालाई अवसर छ तर अरूलाई छैन। समान अवसरको वातावरण सरकारले बनाइदिनुपर्छ।

सरकारले के गर्नुपर्छ ?

सरकारी नीति राम्रो हुन पर्छ। पहिलाभन्दा अहिले सुधार त भएको छ। तर, अझै सुधार हुनु प¥यो। बाहिर हामी यही क्षेत्रमा काम गरिरहेका छौं। एउटा स्तर मेन्टेन गर्नुपर्छ। सरकारको नीतिले पनि विदेशी नेपालीलाई स्वेदशमा लगानी गर्न गाह्रो छ। विदेशमा लगानी गर्नुभन्दा पनि स्वदेशमा नै लगानी गर्न चाहन्छौं। आफ्नो क्षेत्रअनुसारका ठाउँहरू खोजे पनि सरकारको सहयोग पाइराखेका छैनौं। बागलुङमा रिसोर्ट खोल्ने भनेर हामीले जग्गा हे¥र्यौं। त्यो सामुदायिक क्षेत्रभित्र पथ्र्यो, धेरै ठाउँमा आउँदा पनि मिल्न सकेन। सरकारले सहजीकरण र लगानीको सुरक्षा गर्न सके नेपालमा विदेशमा भएका नेपालीले नै लगानी बढाउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.