अरुण–३ जलविद्युत् आयोजनाबाट सडक क्षति

अरुण–३ जलविद्युत् आयोजनाबाट सडक क्षति

खाँदबारी  : त्रिदेशीय लिंक रोड किमाथाङ्का–विराटनगर सडक खण्डमा अरुण तेस्रो जलविद्युत् आयोजनाले क्षति पुर्‍याएको छ। किमाथाङ्का–विराटनगर सडकको मकालु गाउँपालिका–३, दोभान नयाँबस्तीमा सडक खण्डमा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाले क्षति पुर्‍याएको हो। 

सडकमा क्षति पुगेपछि उत्तर–दक्षिण कोशी सडक आयोजना सङ्खुवासभाले एसजेभिएन अरुण–३ पावर डेभलपभेन्ट कम्पनीसँग क्षतिपूर्ति माग गरेको उत्तर–दक्षिण कोशी सडक आयोजना प्रमुख सविन कोइरालाले जानकारी दिए। जलविद्युत्् आयोजना निर्माणका क्रममा दोभान नयाँ बस्ती सडकमा १३ लाख रुपैयाभन्दा बढीको क्षति भएपछि क्षतिपूर्ति माग गरेको प्रमुख कोइरालाले बताए। उक्त सडक खण्डको मुनि अरुण–३ जलविद्युत् आयोजनाले डाइर्भसनल सुरुङ निर्माण गरेको छ। डाइर्भसनल सुरुङका कारण त्यस क्षेत्रमा पटक–पटक सडक भत्किएर सडक अवरुद्ध हुँदै आएको योजना प्रमुख कोइरालाले बताए।

आयोजना कार्यालयले जमिनको स्थायित्व कायम राख्न र सडक चौडा गर्न लगाएको रिटेन्ङ पर्खाल विद्युत् आयोजनाका कारण क्षति पुगेको भन्दै सडक आयोजनाले क्षतिपूर्तिको मागसहित विद्युत् आयोजनालाई पत्रचार गरेको छ। करिब ५ सय मिटर क्षेत्रमा सुरुङ मार्गका कारण क्षति पुगरेको होे। सुरुङ माथि जलविद्युत् आयोजनाले भिर कटिङ र माटो थुपार्ने कार्य गरेकाले सडकको पर्खालहरू भत्किएको सडक आयोजनाले जनाएको छ।

पीएस र अरुण वरुण निर्माण कम्पनीले २०७८ फागुनदेखि २०७९ मंसिरसम्ममा त्यस क्षेत्रमा सडक स्तरोन्नतिको काम गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.