भारतीय राजदूतावासले विभिन्न सहरमा मनायो योग दिवस

भारतीय राजदूतावासले विभिन्न सहरमा मनायो योग दिवस

काठमाडौं : नेपालस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासले विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाइएको छ। काठमाडौंसहित  पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा सहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइएको हो।

यस वर्ष 'स्वयम् र समाजका लागि योग' भन्ने विषय (थिम) अनुरुप भारतीय राजदूतावासले मुख्य कार्यक्रम अगावै मिति २०८१ जेठ २५ गते काठमाडौंमा एउटा पूज्य पशुपतिनाथ मन्दिरमा योग प्रदर्शन र अर्को माइती नेपालका चेलीहरुका लागि व्याख्यानसहितको प्रदर्शन गरी दुईवटा कार्यक्रमको आयोजना गरेको थियो । 

लुम्बिनीमा असार ६ गते ९०० भन्दा बढी सहभागीहरूका लागि बृहत् योग प्रदर्शनको आयोजना गरिएको थियो। सो कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरालगायत अन्य नेताहरूको उपस्थिति थियो । मुख्यमन्त्री महरले भगवान बुद्धको जन्मस्थलमा महत्वपूर्ण योग कार्यक्रम हुने खुसीको कुरा भएको बताएका थिए।

null

उनले कार्यक्रमको  आयोजना गरी  भारत–नेपाल सांस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिएका थिए। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको विश्वव्यापी अपिल र स्वस्थ,चिन्तनशील र दिगो जीवनशैली कायम गर्नमा यसको महत्वमाथि प्रकाश पारेका थिए।

यसैगरी पोखरा रङ्गशालामा योग प्रदर्शन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्य र त्यस क्षेत्रका ५ हजार भन्दा बढीले सहभागीता जनाएका थिए । 
गण्डकी प्रदेशका मुख्यमन्त्री आचार्यले यो वर्षको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योग दिवस पोखरामा आयोजना गरेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए। उनले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपाल सरकारले समर्थन गरेको बताए। 

null

उनले योग भारत र नेपालबीचको प्रगाढ र दिगो सांस्कृतिक सम्बन्धको एउटा महत्वपूर्ण तत्व भएको बताए। राजदूत श्रीवास्तवले योगले नेपाल र भारतबीच बलियो सांस्कृतिक सेतुको रुपमा काम गर्ने र नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा योग कार्यक्रमको आयोजना गर्नाले ती ठाउँमा योग पर्यटन प्रवर्द्धन गर्न सकिने जिकिर गरे। 

भारतको महावाणिज्य दूतावासले पनि जनकपुर,चितवन,वीरगंज,हेटौंडा,गौर र पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.