मन्त्रिपरिषद् बैठक पाँच बजेलाई सर्‍यो

मन्त्रिपरिषद् बैठक पाँच बजेलाई सर्‍यो
फाइल तस्बिर।

काठमाडौं : मन्त्रिपरिषद बैठक एक घण्टा ढिलोगरी बस्ने भएको छ। शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक ५ बजेका लागि सारिएको एकमन्त्रीले जानकारी दिए।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा ५ बजे बस्नेछ।

बैठकले रिक्त रहेका केही देशहरुमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने संभावना छ। बिहीबार साँझ सत्तारुढ दलहरूबीच राजदूत नियुक्तिमा भाडबण्डा मिलेपछि आज मन्त्रिपरिषद बैठक बसेर सिफारिस गर्न लागिएको स्रोतले जनाएको छ।

राजदूत नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड',उपप्रधान एवं गृमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। जसअनुसार एमालेले ८,रास्वपाले २ र माओवादीले १ देशको राजदूत पाउने सहमति भएको जनाइएको छ।

यसअघि सरकारले  भारत,अमेरिका,बेलायत,दक्षिण कोरिया,पोर्चुगल,इजरायल,साउदी अरब,मलेसिया,डेनमार्क,कतार र स्पेनका राजदूतलाई फिर्ता बोलाएको हो।  सरकारले सोही ठाउँमा नयाँ राजदूतलाई पठाउन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.