नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न

नेपाल सोसल वर्क सम्मेलन २०२४ सम्पन्न

काठमाडौं : थेम्स इन्टरनेशनल कलेजले दुई दिने नेपाल सोसल वर्क सम्मेलन २०२४ को आयोजना गरेको छ। असार ५ र ६ गते पुरानो वानेश्वरस्थित कलेजमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल तथा फोटो तथा कला प्रर्दशनी  गरिएको छ।

कार्यक्रमको उद्‍घाटन गर्दै कलेजका अध्यक्ष राजेन्द्रमान शेरचन समाजका विभिन्न विषयका बारेमा विज्ञ र सरोकारवालालाई एकै ठाउँमा ल्याएर छलफल गर्ने उद्देश्यले विगत ८ वर्षदेखि कलेजले वार्षिकरूपमा सो कार्यक्रम गर्दै आएको बताए। 

कार्यक्रमको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्लेले पत्रकारितादेखि पर्माकल्चरसम्म शीर्षका प्लेनरी सेसनमा विशेष सम्बोधन गरेका थिए। उनले विशेषतः माटो र वातावरणलाई जोगाउन आफूले पछिल्लो समय गरेको कृषि कार्यको बारेमा आफ्नो धारणा राखेका थिए। त्यसैगरी विद्यार्थीले नाटक मञ्चन गरेका थिए। पहिलो दिन नै ऐन झ्यालको पुतली फिल्म प्रर्दशनको साथै त्यस विषयमा छलफल भएको थियो। 

त्यस्तै दोस्रो दिन राजनीतिक विश्लेषक उज्वल प्रसाईले मसिहा खोज्ने कि सामूहिकता शीर्षकमा विशेषत प्रस्तुती दिएका थिए। त्यसैदिन शैली चौधरीले आदिवासी पहिचानका विविध पक्षबारे छलफल गरेकी थिइन्। दोस्रो दिनको अन्तिम सत्रमा पहिचानको राजनीति र युवा शीर्षकमा गहन छलफल भएको थियो। 

सो प्यानलमा इन्दु थारू, रिता शाह, जेवी विश्वकर्मा र अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सहभागी थिए। छलफलमा नेपालमा पहिचानको आन्दोलनको विभिन्न पाटोहरूको बारेमा छलफल भएको थियो। सो सम्मेलनमा काठमाडौंका विभिन्न कलेजका प्राध्यापक र विद्यार्थीहरू सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.