गोदावरीमा कटेज सञ्चालकमाथि खुकुरी प्रहार

गोदावरीमा कटेज सञ्चालकमाथि खुकुरी प्रहार

काठमाडौं : गोदावरी नगरपालिका-९ छेडामा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ। भैसेपाटीका ४२ वर्षीय मनोज कुमार बानियाँमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेसराज सुवेदीका अनुसार शुक्रबार दिउसो १२:४५ बजे दुईवटा मोटरसाइकलमा आएका चार जनाले बानियाँलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट व्यवसायी बानियाको हात, टाउको र हिपमा गहिरो चोट लागेको छ। 

उनको ललितपुर स्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ। बानियाँले गोदावरी ९ छेडामा बतासे कटेज निर्माण गरिरहेका छन्। 

दिउँसोको समयमा रंगरोगन गर्ने कामदारहरु खाना खान गएको मौका छोपी उनीमाथि खुकुरी प्रहार भएको थियो। 

प्रवक्ता सुवेदीका अनुसार घटनामा संलग्नहरू फरार छन्।  सीसीटीभीबाट आरोपीहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.