सप्तरीमा व्यवसायीको हत्या

सप्तरीमा व्यवसायीको हत्या

राजविराज : अंगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने पर्व बकर इद अर्थात् इद ऊल जोहाकै दिन फलामको हतियारले गरेको प्रहारबाट घाइते राजविराजका एक युवकको शुक्रबार मृत्यु भएको छ।

झडपमा घाइते भएका राजविराज नगरपालिका-४ का ३२ वर्षीय औरंगजेब मियाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। राजविराज नगरपालिका-२ राजदेबी टोलस्थित रोयल इनफिल्ड राजविराज अटोमोबाइलका प्रोपाइटर उनी बुलेट मोटरसाइकलका डिलर हुन्। मृतकका श्रीमती र काखे शिशुसहित दुई नाबालक सन्तान छन्। 

मृतकका बुबा हबिब मियाले दिएको उजुरीका आधारमा आरोपित राजविराज-३ का ४६ वर्षीय मो. नसिर पक्राउ परेका छन्। नसिर पनि रेडिमेड कपडा व्यापारी हुन्। अन्य आरोपितहरू राजविराज-३ का ३५ वर्षीय मो. इर्शाद, राजविराज-२ का २७ वर्षीय असलम मिया र सप्तरीकै राजगढ गाउँपालिका-६ का २५ वर्षीय मो. मिन्टु फरार रहेका छन्। राजविराज नगरपालिका-३ स्थित माछा हटियामा घटना भएको हो। 

सोमबार सबै जना बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध भएर खुला स्थान र मस्जिदहरूमा गई नमाज पढे। भेटिएकाहरले अंगालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गरे। आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गरे। इस्लाम धर्मावलम्बीहरुमा बकर इदका दिन नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी (वली) दिने परम्परा छ। तीन दिनसम्म मनाइने यो पर्वमा बली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को एक भाग आफ्ना नजिकका मित्रलाई र अन्तिम तेस्रो भाग गरिब तथा असहायलाई दिने गरिन्छ।

कुर्बानी (वली) दिइनु अघि मौलबीले मन्त्रोच्चारण गर्नुपर्छ। राजविराज नगरपालिका-३ का मो. नसिरले चाडपर्वलगायत अन्य कुनै पनि अवसरमा मस्जिदका लागि चन्दा नदिएको आरोप लगाउँदै उनका घरमा मौलबीलाई जान रोक लगाइन्छ। यसै विषयमा झगडा र विवाद हुन्छ। नसिरले मस्जिद कमिटीलाई गालीगलौज गर्छन् भने पीडित पक्षले मस्जिदलाई सहयोग नगर्ने भए मौलवी किन चाहियो भनेर गालगलौजमै उत्तर फर्काउँछन्। 

नसिरका घरमा पनि दावत (भोज) खान भनेर बोलाइएका उनका भाञ्जा लगायतका आफन्तहरू बाहिर निस्केर विवाद गर्छन्। दुबै पक्षबीच झडप हुन्छ। यसै क्रममा फलामको रडलगायतले टाउको लगायतमा प्रहार गर्दा औरंगजेब र सजाद घाइते हुन्छन्। सजादको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार हुन्छ। औरंगजेबको उपचार हुन नसकी विराटनगर पठाइन्छ। उपचारकै क्रममा चार दिन पछि औरंगजेबको शुक्रबार मृत्यु हुन्छ।

ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दा शुक्रबार मृत्युको समाचार आएपछि कर्तव्य ज्यानमा परिणत भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजु सिद्दी ब्रजाचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.