व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ

व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ

काठमाडौं : बर्सेनि कुल आयतको बढी हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमै विदेशी मुद्रा खर्चिनु परिरहेको छ। आर्थिक वर्ष २०८०/०८१ को ११ महिनासम्ममा मात्रै उक्त शीर्षकमा ३ खर्ब रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिएको छ।

जबकि चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनासमममा कुल आयात १४ खर्ब ५३ अर्ब हुँदा पेट्रोलियम पदार्थमा अधिक हिस्सा ओगटेको हो। कुल आयातमा बढी हिस्सा यसले ओगट्दै आएकाले सरकारले पनि मुलुकभित्रै सम्भाव्यताको खोजी भने गरिरहेको छ

। दशकौंदेखि दैलेखमा पेट्रोल खानीको चर्चा सुनिँदै आए पनि काम भने अघि बढ्न सकेको छैन। अझ पछिल्लो समय विद्युतीय सवारीको आयात पनि बढ्न थालेको छ। यसले क्रमशः पेट्रोलको नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

समग्रमा जेठसम्म आइपुग्दा मुलुकको आयात, निर्यात दुवै घटेको छ। समग्रमा आन्तरिक उत्पादन बढ्न नसक्दा बर्सेनि मुलुकले व्यापार घाटाको सामना गर्दै आउनु परेको छ। आयातको तुलनामा निर्यातको आकार बढ्न नसक्दा व्यापारघाटाको आकार सधैं ठूलो छ। यद्यपि पछिल्ला केही महिना आयात थोरै घट्दा व्यापार घाटा पनि केही कमी आएको छ। तर यसले खासै अर्थ राखेको छैन। किनभने स्वदेशी उद्योगहरूको उत्पादनको क्षमता दिनप्रतिदिन घटिरहेको व्यवसायीको गुनासो छ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को जेठ मसान्तसम्म व्यापारघाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ रहेको छ। अझ गत आवको सोही अवधिमा नेपालले १३ खर्ब ३७ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ थियो। गत आवको तुलनामा १.७२ प्रतिशतले व्यापारघाटा घटेको छ। तर नेपालको अर्थतन्त्र लामो समयदेखि आयातित वस्तुमै निर्भर रहयो। जसले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारीमा मात्रै हुने गरेको छ। 

गत आवको जेठसम्ममा १४ खर्ब ८० अर्ब रुपैयाँ आयात भइरहँदा चालु आवमा भने घटेर १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ। आयात वार्षिक १.८४ प्रतिशतले घटेको छ। कोभिडपछि आयातको आकार ह्वात्तै बढेर विदेशी मुद्रा अत्यधिक बाहिरिन थालेपछि सरकारले निश्चित वस्तुहरूमा तोकैरै प्रतिबन्ध लगाएको थियो। तर यता अहिले बजारमा माग न्यून भएकाले पनि गत आवको तुलनामा आयात घटेको भन्सार विभागको भनाइ छ।

समग्रमा आयातको सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी तथा विद्युतीय उपकरण, सवारीसाधन बढी छ। यता अघिल्ला वर्षको तुलनामा आयात घट्दा बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा पनि कम भएको र यसको प्रभाव बैंकहरूमा अधिक लगानीयोग्य पुँजी भएको बैंकर्सहरूको भनाइ छ। अर्कोतर्फ व्यवसायीहरू भने व्यवसाय गर्ने वातावरण नभएको, आत्मविश्वास कमजोर भएको भन्दै गुनासो गर्छन्। 

आयातमात्रै होइन देशभित्र उत्पादित उद्योग तथा कलकारखानाको उत्पादन क्षमतामा कमी आउँदा निर्यात पनि घटेको छ। गत आवको तुलनामा चालु आवको जेठसम्ममा निर्यात ३.०१ प्रतिशतले घटेको छ। नेपालबाट गत वर्षको ११ महिनामा कुल १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँबराबरको निर्यात गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.