कतारमा गरे ७० जना नेपालीले रक्तदान
साउदी : वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका ७० जना नेपालीले रक्तदान गरेका छन्। 'पाल्पाली सेवासमाजको प्रतिबद्धता निस्वार्थ समाजसेवा आजको आवस्यकता' भन्ने मुल नाराका साथ २००७ मा सामाजिक भावनाले स्थापना भएको पाल्पाली सेवासमाज दोहा/कतारले २१जुन २०२४ शुक्रबार हमाद हस्पिटलको ब्लडडोनर सेन्टरमा रक्तदान कार्यक्रम गरेको हो।
पाल्पाली सेवा समाज दोहा/कतारका वरिष्ठ उपाध्यक्ष विकाश गैरेले पहिलो रक्तदान गरे थिए। १ सय ५४ जनाको उपस्थिति रहेको कार्यक्रममा ९४ जनाले रक्तदानको लागि निवेदन दिएका थिए भने विभिन्न कारणले २४ जनाले रक्तदान गर्न गर्न पाएनन्। ७० जनाले मात्र रक्तदान गरेका थिए।
रक्तदान नै जीवन दान हो भन्ने मुल विषयलाई आधार मानी रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वय र लुम्बिनी प्रदेश अन्तरगतका सम्पूर्ण जिल्ला संस्था , सह-आयोजक समाज सेवा अभियान रुपन्देही कतार , अर्घाखाँची सेवासमाज कतार, गुल्मी सेवासमाज कतार, नवल परासी सेवासमाज कतार, बुद्धभुमी कपिलवस्तु सेवासमाज कतार, दाङ्ग देउखुरी सेवासमाज कतार, रोल्पा जल्जला सेवासमाज कतार, बाँके सेवासमाज कतार , रोल्पाली सेवासमाज कतार र प्युठान सेवासमाज कतारको संयुक्त अयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको पाल्पाली सेवा समाजका महासचिव मधाव भण्डारिले जानकारी दिए ।
कतारमा प्रायः जसो हरेक महिनामा रक्तदान कार्यक्रम हुने गरेको छ।