झापामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

झापामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

झापा : झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मेचीनगर नगरपालिका–१० निवासी राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन्।  

मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३:३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। 

त्यस्तै मेचीनगर–१० निवासी अभिषेक राई र सोही ठाउँका विवेक दनुवार पनि गम्भीर घाइते भएका छन्। उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.