बुढीगंगामा १ सय २ जनालाई सय दिनको रोजगारी

बुढीगंगामा १ सय २ जनालाई सय दिनको रोजगारी

बाजुरा : बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ सय २ जनाले १ सय दिनको रोजगारी पाएका छन्। 

राज्यले तोकेको न्युनतम रोजगार सुनिश्चितता गरी ज्याला प्रदान गरी रोजगारी दिएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले बताएका छन्। 

यस वर्ष २० ओटा श्रममा आधारित आयोजनाहरू निमार्ण सम्पन्न गरिएको बुढीगंगा नगरपालिका प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर थापाले बताएका छन्। 

आर्थिक वर्ष २०८०/०८१ मा बुढीगंगा नगरपालिकाका १ देखि १० वडाबाट ३ हजार २७ जनाले बेरोजगारी सूचि दर्ता र्फम भरेकोमा १ सय २ जना छनोट भएर प्रत्यक्षरुपमा लाभान्वित  भएका संयोजक थापाले बताए। नगरपालिकाका १० वडाका वडा अध्यक्षहरू कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरात्र खटिएका छन्।

बेरोजगारी रोजगार छनोट प्रकृयामा पहिलो चरणमा  नगरपालिकाका १० ओटै वडाहरुमा बेरोजगारी सूचि दर्ता फर्म भर्नाका सूचना टाँस गरी वडाबाट प्रमाणित भएका थिए। त्यसपछि फर्महरूलाई इमिस सफ्टवेरमा दर्ता गरेपछि इमिसमा भएका सूचकका आधारमा छनोट भएको बेरोजगारीलाई काम छनोट गरिएको रोजगार सहायक टंकबहादुर सिंहले बताए। 

यसै आर्थिक वर्षमा १ सय दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप उनीहरूले १० वटै वडामा सञ्चालित विभिन्न योजनासँग सम्बन्धित भएर कार्य गरेका छन्। बुढीगंगामा आर्थिक वर्ष २०८०/०८१ मा बेरोजगारी कामदारका श्रम गरे बापत पाउने गरि आएको  ६८ लाख ससर्त अनुदानमध्य एक वडामा न्यूनतम ६ लाख ५० हजारदेखि ७ लाख रुपैयाँसम्म पाउने भएका प्रधानमन्त्री रोजगार संयोजक गोबिन्दबहादुर थापाले बताएका छन्। 

हाल प्राधनमन्त्री रोजगार कार्यक्रम मार्फत छनोट भएका योजनाहरूको ६० प्रतिशत काम सम्पन्न भएर रकम भुक्तानी भइसकेको छ भने बाँकी काम सम्पन्न भएर भुक्तानीको प्रकृयामा रहेको थापाले बताए।

वडाहरूमा विनियोजित रकमबाट बेरोजगार नागरिकहरू रोजगार बनुन् भन्ने उद्देश्य रहेको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाले बताए। 

बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिन तथा सामुदायिक पूर्वाधारको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथको दावी छ।

यो आर्थिक वर्षमा कुनै वडाहरुमा गाउँदेखि स्कुलसम्म गोरेटो बाटो निर्माण, धार्मीक तथा ऐतिहासीक धरोहरका रुपमा चौतार, फिल्ड निर्माण, एक गाउँदेखि अर्को गाउँसम्म जोड्ने गोरेटो बाटा निर्माण भएपछि विद्यार्थीदेखि स्थानीयलाई सहज भएको स्थानीयले बताएका छन्। त्यस्तै कुनै ठाउँ वृक्षारोपण, सिँचाई कुलो निर्माण गरिएको रोजगार सहायक टंकबहादुर सिंहले बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत वडा नम्बर २ की कविता अयडी थापाले कार्यक्रम निरन्तर भएको खण्डमा आफू जस्तै हजारौं जना प्रत्यक्ष रुपमा लाभवन्ति हुने बताइन्। उनले भनिन्, ‘राज्य घर–घरमा आएको महसुस भएको छ। राज्यबाट हामी जस्तै बेरोजगारहरुको लागि दीर्घकालीन सोच बनाओस्।’ 

प्रधानमन्त्री रोगगार कार्यक्रममले बेरोजगारी नागरिकले रोजगार पाउनका साथै विकास निर्माण भएपछि बुढीगंगा नगरपालिका बासी खुशी भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.