सरकार के हुन्छ भन्ने आशंका फैलाइएको छ, सत्ता समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

सरकार के हुन्छ भन्ने आशंका फैलाइएको छ, सत्ता समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन्।

शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताए।

'आजभोलि बजारमा सरकार के हुन्छ? सत्तासमीकरण के हुन्छ? भन्ने खालका प्रश्न उठाउन खोजिएको छ। यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन। अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु। तर, केही हुँदैन। हामी समझदारीका साथ नै अगाडि बढेका छौं। समझदारीका साथ नै अगाडि बढ्छौं। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन।'

कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरूले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन्। 'विभिन्न जाति जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको मुद्धा हाम्रो हो। उत्पीडितहरूले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो,' उनले भने।

प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी सङ्घर्ष भएको स्पष्ट पारे। उनले भने, 'जनयुद्ध जनताको युद्ध थियो। लाखौं जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौं। हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौं। यही आधारमा टेकेर समाजवादको तयार गर्छौं।'

कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता-कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.