अर्थतन्त्रलाई बृहत् रूपान्तरण गर्नेगरी बजेट कार्यान्वयन हुन्छ : मन्त्री पुन
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रलाई बृहत् रूपान्तरण गर्नेगरी बजेट कार्यान्वयन गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित माओवादी केन्द्र अछाम-काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा पुनले उत्पादन, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित गरी बजेट निर्माण गरिएको बताए। उनले अर्थतन्त्रलाई बृहत रूपान्तरण गर्नेगरी बजेट कार्यान्वयन गर्ने बताए।
वर्तमान सरकारले आत्मनिर्भर उत्पादनमा जोड दिएका कार्यकर्ताहरूलाई उत्पादनसँग जोड्दै अघि बढ्ने उनको भनाइ छ। उनले संविधानले कल्पना गरेअनुसारको समाजवादमा जानेगरी कार्यक्रम र विचारलाई अघि बढाइने बताए। उनले पुरातन समाजवादीका साथै एकात्मक समाजवाद नेपालमा सम्भव नभएको पनि बताए।