ज्या पुन्ही जात्रा मनाइयो

ज्या पुन्ही जात्रा मनाइयो

काठमाडौं : काभ्रेपलान्चोकको पनौतीमा शनिबार ज्या पुन्ही जात्रा मनाइएको छ। जेठ पूर्णिमाका दिन हुने पनौतीको ज्या पुन्ही जात्रामा भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथ जुधाउने गराइन्छ। ज्येष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले सुख पाउँदैन भन्ने किंवदन्ती छ।

जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्ही भन्ने गरिएको छ। परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुंगमतीबाट वासुकि नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तारेको इतिहास छ। त्यसैको स्मरणमा जात्रा सुरु भएको स्थानीयको भनाइ छ।

जात्रामा रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन्। यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ। भैरवको रथ गन्तव्य स्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ।

त्यस्तै भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ। ऐतिहासिक पनौती नगरमा सो जात्रा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको कथन छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.